सामान्य प्रशासन मन्त्रालयद्वारा १५ उपसचिवको सरुवा

सामान्य प्रशासन मन्त्रालयद्वारा १५ उपसचिवको सरुवा

बिहिवार, श्रावण ३१ २०८१
बिहिवार, श्रावण ३१ २०८१
  • सामान्य प्रशासन मन्त्रालयद्वारा १५ उपसचिवको सरुवा

    काठमाडौं । सामान्य प्रशासन मन्त्रनलयले १५ जना उपसचिवहरूको सरुवा गरेको छ । अवधि पूरा गरेका, फाजिलमा रहेका, काजमा खटिएका, मन्त्रीका सचिवालयमा माग भएका आधारमा उपसचिवहरुको सरुवा भएको हो ।

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव विनोदकुमार दाहाल विद्युतीय सुशासन आयोग पुगेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विजय शर्मा महिला, बालबालिका मन्त्रालयमा सरुवा भएका छन् ।

    राष्ट्रिय महिला आयोगका माधवराज मरासिनी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेका छन् । ऊर्जा मन्त्रालयका उपसचिव हेमराज भुसाललाई राष्ट्रिय महिला आयोगमा पठाइएको छ ।

    महिला, बालबालिका मन्त्रालयकी उपसचिव नीता शर्माको रक्षा मन्त्रालयमा सरुवा भएको छ ।

    वन तथा वातावरण मन्त्रालयबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा काजमा रहेका रत्नेश शशीलाई महिला बालबालिका मन्त्रीको सचिवालयमा सरुवा गरिएको छ ।

    उपसचिव रविन ढकाल सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पुगेका छन् । संघीय मामिलाको अतिरिक्तमै रहेका रामहरी पाण्डे राष्ट्रिय योजना आयोगमा सरुवा भएका छन् । फणिन्द्रप्रसाद पौडेलको रक्षा मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा भएको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकीमा कामकाजमा रहेका हरि पंगेनीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तरगत कार्यरत ईश्वरीराज ढकालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नै सरुवा भएको छ ।

    उपसचिव सुरेशराज जोशी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका कृष्णप्रसाद चापागाईं गृह मन्त्रालयमा पुगेका छन् ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका छविलाल पौडेलको गृह मन्त्रालयमा सरुवा भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij