काठमाडौं । नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलले आफुविरुद्ध गलत मनसायले दुष्प्रचार गरेको भन्दै नेपाल बिद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निन्दा गरेका छन् । बुधबार प्रेस बिज्ञप्ती प्रकाशन गरी घिसिङले आफुविरुद्ध भ्रामक प्रचार गरेको बताएका छन् ।
खरेलले मंगलबार घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए । टेलिभिजन कार्यक्रममार्फत पनि खरेलले घिसिङमाथि विभिन्न आरो लगाउँदै आएका छन् ।
घिसिङको बिज्ञप्तीमा भनिएको छ,‘उजुरी दर्ता गर्दासाथ त्यसलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुले निज खरेलबाट उक्त उजुरी सार्वजनिक खपत र आफु चर्चामा आउनका लागि मात्र गरेको मेरो ठम्याई छ ।’