म्याग्दी जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु

म्याग्दी जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु

बुधवार, श्रावण ३० २०८१
बुधवार, श्रावण ३० २०८१
  • म्याग्दी जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु

    काठमाडौं । म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका-७ हिस्तानमा रोकिराखेको ग १ज ७९४५ नम्बरको यात्रुवाहक जिप सडकदेखि ५० मिटर तल खस्दा ६४ वर्षीय भीमबहादुर पुनको मृत्यु भएको छ ।

    दुर्घटनामा घाइते पुनको बेनी अस्पतालमा उपचारका क्रममा बुधबार मध्याह्न पाैने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा चालक केशर पुनका साथै यात्रु कुमार पुन र वीर पुन घाइते भएका छन् ।

    घाइतेको अवस्था सामान्य रहेको बेनी अस्पतालले जनाएको छ । हिस्तानबाट सदरमुकाम बेनी जान रोकिराखेको जिप यात्रु चढाउने क्रममा भिरालो सडकमा पछाडि गुडेर दुर्घटनामा परेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij