काठमाडौं । ललितपुरको इमाडोलस्थित महालक्ष्मी नगरपालिका–३ बाक्लोगाउँ चोकभन्दा अगाडि नयाँ पुल–बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने सडक भासिएको छ । बुधबार बिहान महालक्ष्मी नगरपालिका वडा नम्बर ३ इमाडोलको बोझेपोखरी जाने बाटोमा सडक भासिएको हो ।
सडकको झण्डै ३ मिटर क्षेत्रमा भ्वाङ परेको सवारी आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ । उक्त सडकबाट नयाँपुल हुँदै काठमाडौंसमेत जोडिन्छ । सडक भासिनुको कारण खुलेको छैन् ।
हालै काठमाडौंको कमलादीस्थित न्यूप्लाजाको भवन नजिकको दुई लेन सडक २४ साउनमा भासिएपछि सवारी आवागमन अवरुद्ध छ । त्यो सडक निर्माण सम्पन्न हुन तीन महिना लाग्ने सडक विभागले जनाएको छ ।