आज प्रतिनिधिसभा बैठक बस्दै, टीआरसी विधेयकमाथि छलफल हुने

आज प्रतिनिधिसभा बैठक बस्दै, टीआरसी विधेयकमाथि छलफल हुने

बुधवार, श्रावण ३० २०८१
बुधवार, श्रावण ३० २०८१
  • आज प्रतिनिधिसभा बैठक बस्दै, टीआरसी विधेयकमाथि छलफल हुने

    काठमाडौं । आज संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने छ ।

    आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले 'कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    त्यसपछि संसदमा सांसदहरुबीच यस विधेयकमाथि छलफल हुनेछ । छलफलको कार्यक्रम सकिएपछि मन्त्री चौरसियाले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । विधेयकलाई हिजो कानुन समितिकी सभापति विमला सुवेदीले संसद्मा पेश गरेकी थिइन्। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij