बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध हत्या मुद्दामा छानविन हुने

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध हत्या मुद्दामा छानविन हुने

बुधवार, श्रावण ३० २०८१
बुधवार, श्रावण ३० २०८१
  • बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध हत्या मुद्दामा छानविन हुने

    काठमाडौं । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध हत्या मुद्दामा छानबिन हुने भएको छ । गत महिना नागरिक आन्दोलनका क्रममा प्रहरीले एक व्यक्तिको हत्या गरेको आरोपमा बङ्गलादेशको एक अदालतले हसिना र उनको प्रशासनका शीर्ष ६ व्यक्तिविरुद्ध अनुसन्धान शुरू गरेको छ ।

    मुद्दामा एक किराना पसलका मालिकको मृत्युको आरोप हसिनासहित पूर्वगृहमन्त्री असदुज्जामान खान, अवामी लिग पार्टीका महासचिव ओबैदुल कादिर लगायत सात जनालाई लगाइएको स्थानीय सञ्चार माध्यमलाई उद्धृत गरी बीबीसीले जनाएको छ । गएको जुलाई १९ मा विरोध प्रदर्शनलाई हिंसात्मक रूपमा दबाउने क्रममा प्रहरीले उनको गोली हानी हत्या गरेको थियो ।

    विद्यार्थी आन्दोलन चर्किएपछि प्रधानमन्त्रीबाट राजीनामा दिएर हसिनालाई भारततर्फ भाग्नु परेको थियो । आन्दोलनमा चार सय ५० भन्दा धेरै मानिस मारिएका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij