कुलमानको सम्पत्ति छानबिन गर्न माग गर्दै रमेश खरेलले दिए अख्तियारमा उजुरी

कुलमानको सम्पत्ति छानबिन गर्न माग गर्दै रमेश खरेलले दिए अख्तियारमा उजुरी

मंगलवार, श्रावण २९ २०८१
मंगलवार, श्रावण २९ २०८१
  • कुलमानको सम्पत्ति छानबिन गर्न माग गर्दै रमेश खरेलले दिए अख्तियारमा उजुरी

    काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआइजी रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।   

    घिसिङले भ्रष्टाचार गरी अकूत सम्पत्ति कमाएकाले त्यसको छानबिन गर्नुपर्ने माग गर्दै खरेलले उजुरी दिएका हुन् । आफूले घिसिङबारेका प्रमाणहरू पनि अख्तियारलाई दिएको उनले दाबी गरेका छन् । 

    ’नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङका कार्यबारे अनुसन्धान गर्न उजुरी दिएको छु,’ उजुरीपछि मंगलवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने’, प्रमाणहरू पनि दिएको छु । तत्काल अनुसन्धान गरी कारबाही हुनुपर्छ ।’

    खरेलले घिसिङलाई पीपीएमा घोटाला गरेर राज्यलाई १ करोड १७ लाख रुपैयाँभन्दा बढी हानी पुर्याएको, नक्कली नाफा देखाएको, कीर्ते निर्णय गराएकाे र अर्बौंको सम्पत्ति जोडेकोजस्ता आरोप लगाएका छन् ।

    खरेल एन्टी करप्सन नेटवर्कका अभियन्ता हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij