खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सीईओमा रमेश आचार्य नियुक्त

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सीईओमा रमेश आचार्य नियुक्त

मंगलवार, श्रावण २९ २०८१
मंगलवार, श्रावण २९ २०८१
  • खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सीईओमा रमेश आचार्य नियुक्त

    काठमाडौं । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा धादिङका रमेश आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हाे । 

    प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान भएअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा तीन जना प्रतिस्पर्धीको नाम सिफारिस गरेको थियो ।

    जसअनुसार सिफारिस समितिले आचार्यसहित तनहुँका डिल्लीराम लम्साल र भक्तपुरका गोपीकृष्ण न्यौपानेको नाम अन्तिम निर्णयार्थ मन्त्रिपरिषद्मा पठाएको हो । आवेदन भने कुल १८ जनाले दिएका थिए । लम्साल हाल खाद्यमै निमित्त प्रमुख कार्यकारी अधिकृत रहेका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij