ललितपुरमा खोलाले बगाएर २ वर्षीया बालिकाको मृत्यु

ललितपुरमा खोलाले बगाएर २ वर्षीया बालिकाको मृत्यु

सोमवार, श्रावण २८ २०८१
सोमवार, श्रावण २८ २०८१
  • ललितपुरमा खोलाले बगाएर २ वर्षीया बालिकाको मृत्यु

    काठमाडौं । ललितपुरमा ठोस्ने खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।

    कोन्जोसोम गाउँपालिका–३ सिलिङगेबेसीस्थित ठोस्ने खोलाले बगाएर सोही गाउँपालिका–१ दलचोकी बस्ने काभ्रे पनौती घर भएकी प्रमिला भण्डारीकी छोरी साढे २ वर्षीया प्रिन्सिका भण्डारीको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आइतबारदेखि हराइरहेकी बालिकाको खोजी गर्ने क्रममा खोलाले बगाएर ल्याई रूखको हाँगामा अड्किएको अवस्थामा शव फेला परेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij