सरकारी अस्पतालमा एक डाक्टरको बलात्कारपछि हत्या, चिकित्सक देशब्यापी हड्तालमा

सरकारी अस्पतालमा एक डाक्टरको बलात्कारपछि हत्या, चिकित्सक देशब्यापी हड्तालमा

सोमवार, श्रावण २८ २०८१
सोमवार, श्रावण २८ २०८१
  • सरकारी अस्पतालमा एक डाक्टरको बलात्कारपछि हत्या, चिकित्सक देशब्यापी हड्तालमा

    काठमाडौं । भारतको कोलकत्तामा एक डाक्टरको बलात्कारपछि हत्या भएको छ । कोलकात्ताको सरकारी आरजी कार अस्पतालमा कार्यरत एक महिला डाक्टरको बलात्कार पछि हत्या भएको हो । हत्याको  विरोधमा सबै सरकारी डाक्टरहरु आन्दोलित भएका हुन् । 

    अस्पतालको चौथो तलामा रहेको सेमिनार हलमा उक्त महिला चिकित्सकको बलात्कारपछि हत्या भएको अबस्थामा शव भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

    उक्त घटनापछि राज्यका सबै सरकारी अस्पतालका चिकित्सकहरुले दोषीलाई कडा कारबाही गर्न माग गर्दै आन्दोलन गरिरहेका छन् । आन्दोलनरत चिकित्सकहरुले सम्पूर्ण काम ठप्प पारेका छन् । 

    अस्पतालमा डाक्टर नै सुरक्षित नभएपछि सर्वसाधारणको उपचार कसरी गर्ने भन्दै उनीहरुले आक्रोस समेत पोखेका छन् । 

    सीसीटीभी फुटेजको सहयोगमा प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले घटनाका दोषीलाई कडाभन्दा कडा सजाय दिने बताएको छ । 

    मुख्यमन्त्री ममता बनर्जीले मृतक चिकित्सकका परिवारलाई भेटेर दोषीलाई मृत्युदण्ड दिने आश्वासन दिएकी छन् ।  घटनाको छानबिन गर्न सरकारले ११ सदस्यीय समिति गठन गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij