देशभर ४७ जनामा हैजाको संक्रमण भएको पुष्टि

देशभर ४७ जनामा हैजाको संक्रमण भएको पुष्टि

आइतवार, श्रावण २७ २०८१
आइतवार, श्रावण २७ २०८१
  • देशभर ४७ जनामा हैजाको संक्रमण भएको पुष्टि

    काठमाडौं ।  देशभर ४७ जनामा हैजाको संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले देशभर ४७ जनामा हैजा पुष्टि भएको जनाएको हो । 

    हालसम्म ललितपुरमा मात्रै ३४ जनामा संक्रमण देखिएको छ । यस्तै कैलालीमा ८, प्युठान र काठमाडौंमा २–२ जना र रुपन्देहीमा १ जनामा संक्रमण पुष्टि भएको छ । तर हालसम्म अस्पतालमा भने कोही उपचाररत छैनन् ।

    इडिसिडीका अनुसार हैजा भित्रभित्रै फैलिरहेको छ । पछिल्लो दिनमा बढ्दै गएका हैजा संक्रमित विभिन्न ठाउँमा देखिनुले भित्रभित्रै संक्रमण फैलिरहेको पुष्टि हुन्छ । त्यसैगरी, हैजा सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ ।  हालसम्म हैजाबाट कसैको पनि मृत्यु भएको छैन । 

    अति सङ्क्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिसा आउने, वाकवाकी लाग्ने, वान्ता हुने र कडा जलवियोजन हुने गर्दछ ।

    सङ्क्रमणले गम्भीर अवस्थामा पुर्‍याउँदा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाबको रङ्ग पहेँलो हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुनसक्ने जनाइएको छ । 

    बर्खा याममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ ।  हैजा वा झाडापखाला लाग्नबाट बच्न पानी उमालेर, फिल्टर गरेर वा एक लिटर पानीमा तीन थोपा तरल क्लोरिन मिसाएर मात्रै पिउन विज्ञहरूले सुझाव छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij