कर्णाली राजमार्ग पुन :अवरुद्ध

कर्णाली राजमार्ग पुन :अवरुद्ध

आइतवार, श्रावण २७ २०८१
आइतवार, श्रावण २७ २०८१
  • कर्णाली राजमार्ग पुन :अवरुद्ध

    मान्म । कर्णाली राजमार्ग पुनःअवरुद्ध भएको छ । राजमार्गअन्तर्गत जुम्ला सुर्खेत सडकखण्डको कालिकोट शुभकालिका गाउँपालिका–१ गगन खोलामा पहिरो जादाँ सडक अवरुद्ध भएको हो । 

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले आज बेलुका पुनः पहिरो गएर सडक अवरुद्ध भएकाले अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरिएको बताए । अहिले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए । 

    शनिबार कर्णाली राजमार्गको कालिकोट सडकखण्डका विभिन्न ठाउँमा पहिरो गएर अवरुद्ध बनेको सडक आज बिहानबाट सञ्चालनमा आएको थियो ।  वर्षा सुरू भएयता गगने खोला र एस मोडमा मात्र नौ पटक पहिरो खसेको प्रहरीले जनाएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij