माछा पोखरीमा डुबेर ८४ वर्षीय वृद्धको मृत्यु

माछा पोखरीमा डुबेर ८४ वर्षीय वृद्धको मृत्यु

आइतवार, श्रावण २७ २०८१
आइतवार, श्रावण २७ २०८१
  • माछा पोखरीमा डुबेर ८४ वर्षीय वृद्धको मृत्यु

    काठमाडौं । खोटाङमा एक वृद्धको माछा पोखरीमा डुबेर मृत्यु भएको छ । सालेका गाउँपालिका–१ बाँझेच्यानडाँडा सेखुवाका ८४ वर्षका वेदि प्रसाद ढकालको पोखरीमा डुबेर मृत्यु भएको हो ।

    वृद्ध ढकाललाई आइतबार बिहान घर नजिकै माछा पाल्न निर्माण गरिएको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । बेलुका खाना खाएर घरमा सुतेका ढकाल बिहान पोखरीमा मृत अवस्थामा भेटिएका परिवारका सदस्यले बताएका छन् । आइतबार बिहान ५ बजे वृद्धलाई मृत अवस्थामा भेटिएपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । 

    शवलाई जिल्ला अस्पताल दिक्तेल ल्याएर पोष्टमार्टम पश्चात् परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएकाे छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij