बेचन झालाई थप चार दिन हिरासतमा राख्न अनुमति

बेचन झालाई थप चार दिन हिरासतमा राख्न अनुमति

आइतवार, श्रावण २७ २०८१
आइतवार, श्रावण २७ २०८१
  • बेचन झालाई थप चार दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रराज काफ्लेले आइतबार उनलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् ।

    गत असार १४ गते पक्राउ परेका झासँग जिल्ला प्रहरी परिसर काठमाडौंले बयान लिइरहेको छ । झाले वीरगन्ज उपमहानगरपालिका–७ ठेगाना उल्लेख गरेर नागरिकता बनाएको भेटिएको छ । उनको साथमा फेला परेको आधार कार्डको अधिकारिकताबारे प्रहरीले भारतमा पत्राचार गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij