डेढ वर्षीया भतिजीको हत्या आरोपमा काका पक्राउ

डेढ वर्षीया भतिजीको हत्या आरोपमा काका पक्राउ

आइतवार, श्रावण २७ २०८१
आइतवार, श्रावण २७ २०८१
  • डेढ वर्षीया भतिजीको हत्या आरोपमा काका पक्राउ

    काठमाडौं । डेढ वर्षीया भतिजीको हत्या गरेको आरोपमा प्रहरीले काकालाई पक्राउ गरेको छ । शनिबार अपराह्न सुनसरीको इटहरी उपमहानगरपालिका– ५ का ३० वर्षीय शालिग्राम लुइँटेललाई प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार डेरा गरी बस्दै आएका लुइँटेलले दाजु नवराज लुइँटेलकी डेढ वर्षीया छोरी आइन्सु लुइँटेललाई आफ्नै डेराभित्र धारीलो ब्लेडले घाँटी र टाउकोमा चिरी हत्या गरेका हुन् ।  

    हत्या आरोपी लुइँटेल लामो समयदेखि मनोरोगको औषधि सेवन गर्दै आएकाे बताइएको छ । उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij