भक्तपुर र काठमाडौंमा दिउँसै चोरी

भक्तपुर र काठमाडौंमा दिउँसै चोरी

शनिवार, श्रावण २६ २०८१
शनिवार, श्रावण २६ २०८१
  • भक्तपुर र काठमाडौंमा दिउँसै चोरी

    काठमाडौं । काठमाडौं र भक्तपुर जिल्लामा शुक्रबार दिउँसो चोरी भएको छ ।

    काठमाडौंको कागेश्‍वरी मनोहरा नगरपालिका-५ थली गजरकोट हाइट बस्ने सुमित्रा ढुङ्गानाको घरमा कोही नभएको अवस्थामा चोरी भएको हो । कोठाबाट विभिन्न सुनका गर-गहना र नगद समेत गरी करिब ३ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

    यसै गरी भक्तपुरको भक्तपुर नगरपालिका-१० कमलबिनायक बस्ने राजेश जरेजुको घरमा कोही नभएको अवस्थामा सुन, चाँदीका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ४ लाख ९९ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ । चोरी गर्ने व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij