मनमोहन कार्डियोथोरासिकको भवनबाट हाम फालेर स्वरूपराज आचार्यको मृत्यु

मनमोहन कार्डियोथोरासिकको भवनबाट हाम फालेर स्वरूपराज आचार्यको मृत्यु

शनिवार, श्रावण २६ २०८१
शनिवार, श्रावण २६ २०८१
  • मनमोहन कार्डियोथोरासिकको भवनबाट हाम फालेर स्वरूपराज आचार्यको मृत्यु

    काठमाडौं । टिचिङ हस्पिटलस्थित मनमोहन कार्डियोथोरासिक नयाँ भवनको छैटौं तलाबाट हाम फाली एक युवाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा गोकर्णेश्वर ४ बस्ने स्वरूपराज आचार्य रहेका छन् । आचार्यले आज दिउँसो करिब ३ बजे भवनको छैटौं तलामा रहेको एस क्याफेको छतको रेलिङ बाट हाम फालेका थिए ।

    हाम फालेर गम्भीर घाइते भएका आचार्यको इमरजेन्सीमा भर्ना गरेर उपचारको क्रममा निधन भएको हाे । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij