पहिरोले अवरुद्ध म्याग्दीको बेनी–दरबाङ सडक एकतर्फी सञ्चालन

पहिरोले अवरुद्ध म्याग्दीको बेनी–दरबाङ सडक एकतर्फी सञ्चालन

शनिवार, श्रावण २६ २०८१
शनिवार, श्रावण २६ २०८१
  • पहिरोले अवरुद्ध म्याग्दीको बेनी–दरबाङ सडक एकतर्फी सञ्चालन

    काठमाडौं । पहिरोले अवरुद्ध म्याग्दीको बेनी–दरबाङ सडक एकतर्फी सञ्चालनमा आएको छ । पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा हिजो बेलुका सडक माथिबाट पहिरो खसेको थियो ।

    पहिरो हटाएर अहिले एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक एवम् सूचना अधिकारी राजन रायमाझीले जानकारी दिए । सडक दुईतर्फी नै खुलाउने प्रयास भइरहेको छ ।

    पश्चिम म्याग्दीका तीन वटा पालिकासँगै बाग्लुङको पश्चिम क्षेत्र जोड्ने बेनी–दरबाङ सडक खण्डको घुमाउने भिर, बाङ्गेभिर, लाम्पाटादेखि रणबाङका क्षेत्रमा पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij