झापामा डेंगीको संक्रमणबाट एक जनाको मृत्यु

झापामा डेंगीको संक्रमणबाट एक जनाको मृत्यु

शनिवार, श्रावण २६ २०८१
शनिवार, श्रावण २६ २०८१
  • झापामा डेंगीको संक्रमणबाट एक जनाको मृत्यु

    काठमाडौं । डेंगी संक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ । हल्दीबारी ३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीया शिक्षिका बिमला दाहाल पौडेलको उपचारको क्रममा बिएन्डसी अस्पताल, बिर्तामोडमा शुक्रबार दिउँसो मृत्यु भएको हो ।

    सामान्य ज्वरो आएर उपचारको लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल हुँदै थप उपचारको लागि उनलाई बिएन्डसी अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

    दाहाल विगत १३ वर्षदेखि उक्त विद्यालयमा शिक्षण पेशा गर्दै आइरहेकी थिइन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij