काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ४ मा कर्मचारी नभएको भन्दै वडा कार्यालयको सेवा बन्द गरेको छ ।
अजिरकोट गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष जंगबहादुर गुरुङले प्रेस विज्ञप्ति निकालेर कर्मचारी नभएका कारण प्रशासन, पन्जीकरण र सामाजिक सुरक्षा नवीकरणसँग सम्बन्धित सेवाहरु अर्को सूचना प्रकाशन नहुन्जेलसम्म बन्द रहने जानकारी दिएका हुन् ।
यसैबीच अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले सेवा बन्द हुने अवस्था नरहेको तर वडाध्यक्ष र कर्मचारी बीच सहकार्य हुन नसक्दा समस्या आएको बताउँदै पालिकाले कर्मचारी खटाइसकेको दाबी गरेका छन् ।