भारतका विदेश सचिव मिस्री आइतबार नेपाल आउँदै

भारतका विदेश सचिव मिस्री आइतबार नेपाल आउँदै

शुक्रवार, श्रावण २५ २०८१
शुक्रवार, श्रावण २५ २०८१
  • भारतका विदेश सचिव मिस्री आइतबार नेपाल आउँदै

    काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने भ्रमणका लागि आउने भएका छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री २७ साउन, आइतबार नेपाल आउने भएका हुन् ।

    भ्रमणका क्रममा उनले नेपाल–भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    दुई छिमेकी देशबिचको नियमित भ्रमण रहेको उल्लेख गर्दै  मन्त्रालयले विदेश मन्त्री मिस्री साउन २८ गते सोमबार भारत फर्किने कार्यक्रम रहेको जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij