काठमाडौं । न्याय परिषद्ले देशभरका रिक्त ३५ जिल्ला न्यायाधीश सिफारिस गरेको छ । परिषदको शुक्रबारको बैठकले ३५ जिल्ला न्यायाधीशको नाम सिफारिस गरेको हो ।
न्यायपरिषदले उच्च अदालतको वीरगञ्ज अस्थायी इजलासमा कार्यरत बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा सिफारिस गरेको हो । सिफारिस अनुसार प्रधानन्यायाधीशले उनको नियुक्ती गर्नेछन् ।
न्याय परिषद्को शुक्रबार बसेको बैठकले न्याय सेवाबाट २५ जना, सरकारी वकिलबाट ६ जना र कानुन सेवाबाट ४ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेका छन् ।