काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजल घुम्न गएका एक युवा मृत भेटिएका छन् ।
मृत फेला पर्नेमा महानगरपालिका–३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय बिबेक पौडेल रहेका छन् । उनी आज मृत अवस्थामा भेटिएका हुन् ।
सुन्दरीजल घुम्न गएको बेला बिहीबार साँझ घट्टेखोलामा खसेर उनी बेपत्ता भएका थिए । प्रहरी वृत्त बौद्व लगायत विभिन्न युनिटबाट खटिएको संयुक्त टोलीले खोजी गर्ने क्रममा शुक्रबार शव फेला परेको हो।