हेलिकप्टर दुर्घटना : क्याप्टेन  अरुण मल्लको शव परिवारलाई बुझाइयो

हेलिकप्टर दुर्घटना : क्याप्टेन  अरुण मल्लको शव परिवारलाई बुझाइयो

शुक्रवार, श्रावण २५ २०८१
शुक्रवार, श्रावण २५ २०८१
  • हेलिकप्टर दुर्घटना : क्याप्टेन  अरुण मल्लको शव परिवारलाई बुझाइयो

    काठमाडौं । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका क्याप्टेन अरुण मल्लकाे शव परिवारलाई जिम्मा लगाइको छ । त्रिवि शिक्षण अस्पतालले क्याप्टेन मल्ल शव परिवारलाई जिम्मा लगाइको हो ।

    बुधबार दिउँसो काठमाडौँ विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर दुर्घटना भएको थियो । सोही हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको परिवारबाट पहिचानको आधार सङ्कलन गर्ने कार्य जारी छ । 

    चिनियाँ पर्यटक जुदाड टाङ (पुरुष), जी ली (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) को शव पहिचानका लागि तथ्याङ्क सङ्कलन भइरहेको जनाइएको छ । 

    मृतकको पहिचान शव डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टमबाट पहिचान गरिन्छ ।  आफन्तबाट मृतकको पहिचान विवरण सङ्कलन हुन सकेको छैन । पोस्टमार्टम भने सकिएको जनाइएको छ । 

    डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम गर्दा सुरुमा शव पहिचानका लागि फिंगर प्रिन्ट, डेन्टल (दाँतको भाग) र शरीरमा स्थायी रूपमा बनेका सङ्केतहरू (खत, ट्याटु आदि), लगायत हेरिने जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij