दुई दर्जन निर्माण कम्पनी कालोसूचीमा,काे काे परे ?

दुई दर्जन निर्माण कम्पनी कालोसूचीमा,काे काे परे ?

शुक्रवार, श्रावण २५ २०८१
शुक्रवार, श्रावण २५ २०८१
  • दुई दर्जन निर्माण कम्पनी कालोसूचीमा,काे काे परे ?

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई दर्जन कम्पनीलाई कालोसुचीमा राखेको छ । समयमा निर्माण कार्य नगरेको, पटक पटक पत्र पठाउँदा पनि अटेर गरेको कम्पनीहरुलाई कालोसूचीमा राखिएको हो । 

    कालोसूचीमा राखिएका कम्पनीहरुमा भारत देहरादूनस्थित भारत कन्स्ट्रक्सनलगायत छन् । राजीव गर्ग मुख्य व्यक्ति रहेको यो कम्पनीलाई सडक विभागको सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, गाईघाट दिक्तेल सडक योजना उदयपुरले कालोसूचीमा राख्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वर्षका लागि कालोसूचीमा राखेको छ ।

    कालोसूचीमा परेका अन्यमा सिद्धि साई प्रकाश कन्स्ट्रक्सन प्रालि क्षेत्रपाटी, देवनारायण पवनरमैनाचुलीरखम्पाचे जेभी सिफल, एडभेन्चर कन्स्ट्रक्सन प्रालि चितवन, जयबागेश्वर माता कन्स्ट्रक्सन प्रालि नेपालगञ्ज, बराह निर्माण सेवा र सुवास निर्माण सेवा सुर्खेत लगायत छन् ।

    कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने भएका छन् । हाल कालोसूचीमा थपिएका कम्पनीहरूलाई एकदेखि बढीमा तीन वर्षसम्म सार्वजनिक निकायको खरिद कार्यमा प्रतिबन्ध लगाईएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij