दुई प्रदेशमा आज सार्वजनिक बिदा

दुई प्रदेशमा आज सार्वजनिक बिदा

शुक्रवार, श्रावण २५ २०८१
शुक्रवार, श्रावण २५ २०८१
  • दुई प्रदेशमा आज सार्वजनिक बिदा

    काठमाडौं । आज शुक्रबार दुई वटा प्रदेशले सार्वजनिक बिदा दिएका छन् । कोशी र कर्णाली प्रदेशले आज फरक-फरक सन्दर्भमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

    कोशी प्रदेश सरकारले ३० औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसलाई उत्सवका रुपमा मनाउन भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आज प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले बताए ।

    कर्णाली प्रदेश सरकारले भने आज नागपञ्चमीका अवसरमा सार्वजनिक बिदा दिएको छ ।

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधबार सूचना जारी गर्दै नागपञ्चमीका दिन सार्वजनिक बिदा दिने जनाएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij