दशरथ रंगशालाले पायो अन्तर्राष्ट्रिय मान्यता

दशरथ रंगशालाले पायो अन्तर्राष्ट्रिय मान्यता

बिहिवार, श्रावण २४ २०८१
बिहिवार, श्रावण २४ २०८१
  • दशरथ रंगशालाले पायो अन्तर्राष्ट्रिय मान्यता

    काठमाडौं ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले संरक्षण गर्न थालेपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एसियाली फुटबल महासंघ (एएफसी)ले अनुमति दिएको छ । 

    विभिन्न प्रश्न उठाउँदै एएफसीले केही समयदेखि दशरथ रंगशालामा अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो ।

    एएफसीले रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अयोग्य भनेपछि गत चैत्र महिनाबाट परिषद्ले खेल मैदानको रेखदेख र संरक्षण सुरु गरेको थियो । यसैबीच एएफसीका प्रतिनिधिले यही साउन ९ गते दशरथ रंगशालाको निरीक्षण तथा अवलोकन गरी मापदण्ड पूरा भएको प्रतिवेदन दिएको अखिल नेपाल फुटबल संघले जानकारी दिएको छ । 

    दशरथ रंगशालाको खेलमैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन दिएसँगै यही २९ गते एएफसी च्यालेन्ज लिग छनोटको प्लेअपअन्तर्गत भुटानको पारो एफसी र नेपालको चर्चब्वाइज युनाइटेडबीच खेल हुने भएको छ ।

    यसअघि रंगशाला अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अयोग्य भएका कारण गत चैतमा विश्वकप छनोटको नेपाल र बराइनबीचको खेल बराइनमा भएको थियो । जेठ २४ गते यूएईसँगको खेल साउदी अरबमा भएको थियो । लामो समयदेखि संघले संरक्षण गर्दै आएको खेल मैदानप्रति एएफसीले प्रश्न उठाएपछि परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले २०८० चैत्रदेखि परिषद् आफैँले रंगशालाको खेलमैदान संरक्षण र मर्मतको जिम्मा लिने निर्णय लिएका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij