काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको ढकेरी नजिक स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । कोहलपुरको ज्ञानकुञ्ज स्कुलको बसले ढकेरी नजिक झिझिरी खोला अगाडि २६ वर्षीय गोविन्द वलीलाई ठक्कर दिएको हो ।
बसको ठक्करबाट वलीको मृत्यु भएको छ । वलीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको बसले ठक्कर दिँदा आधा दर्जनभन्दा बढी बाख्रा मरेका छन् ।
बाँके प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।