हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको  शव परीक्षण गर्न थालियो

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको  शव परीक्षण गर्न थालियो

बिहिवार, श्रावण २४ २०८१
बिहिवार, श्रावण २४ २०८१
  • हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको  शव परीक्षण गर्न थालियो

    काठमाडौँ । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको शव परीक्षण थालिएको छ । 

    महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण थालिएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी दिए । उक्त दुर्घटनामा एक नेपाली तथा चार चिनियाँ नागरिकको मृत्यु भएको थियो । 

    हेलिकप्टरका क्याप्टेन अरुण मल्लको शव परीक्षण गरी परिवारको जिम्मा लगाउने तयारी छ । चिनियाँ नागरिकको शव परीक्षणका लागि यहाँस्थित चिनियाँ राजदूतावाससँग समन्वय भइरहेको व्यवस्थापक पण्डितले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij