स्रोत नखुलेको २४ लाख रूपैयाँ सहित पाँच जना पक्राउ

स्रोत नखुलेको २४ लाख रूपैयाँ सहित पाँच जना पक्राउ

बिहिवार, श्रावण २४ २०८१
बिहिवार, श्रावण २४ २०८१
  • स्रोत नखुलेको २४ लाख रूपैयाँ सहित पाँच जना पक्राउ

    बाँके । नेपालगंज उपमहानगरपालिका-२० राँझा एयरपोर्टबाट स्रोत नखुलेको २४ लाख रूपैयाँ सहित ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका ४४ वर्षीय प्रकाश नारायण गुप्ता, ४३ वर्षीय अजय मिश्रा, ४५ वर्षीय आषिश गुप्ता, ४६ वर्षीय बिमल गुप्ता र ३९ वर्षीय पंकज जैसवाल रहेका छन् ।

    राँझा एयरपोर्टबाट काठमाडौं जान लागेका उनीहरूलाई प्रस्थान कक्षमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त स्रोत नखुलेको रकम सहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij