काठमाडौं । रुस–युक्रेन युद्धमा मारिएका ५ जनाको अस्तु नेपाल ल्याइएको छ । कास्कीका देवन राई, स्याङ्जाका प्रीतम कार्की, हरिप्रसाद अर्याल, गणेश श्रेष्ठ र महोत्तरीका अनितकुमार शाहको अस्तु नेपाल आइपुगेको हो ।
युद्धमा मारिएका ३६ नेपालीमध्ये ५ जनाको अस्तु पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । रुसको मस्कोस्थित नेपाली दूतावासले कतार एयरलाइन्समार्फत दोहा हुँदै नेपाल पठाइएको अस्तु बिहीबार परिवारजनले बुझेका हुन् ।
नेपाल सरकारले लगातार प्रयास गरिरहे पनि रुसी सेनामा हालसम्म कति नेपाली भर्ती छन्, कति घाइते छन् र कतिको मृत्यु भयो भन्ने तथ्यांक रुसी सरकारले नेपाल सरकारलाई उपलब्ध गराएको छैन ।