बंगलादेशको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं : नेपाल सरकार

बंगलादेशको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं : नेपाल सरकार

बिहिवार, श्रावण २४ २०८१
बिहिवार, श्रावण २४ २०८१
  • बंगलादेशको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं : नेपाल सरकार

    काठमाडौं । नेपाल सरकारले बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञिप्तिमार्फत बंगलादेशमा पछिल्ला केही सातादेखिको प्रदर्शनका क्रममा भएको जनधन र सम्पत्तिको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।

    मन्त्रालयले ज्यान गुमाउने व्यक्तिका परिवारजनमा सहानुभूति र समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बंगलादेश सबै तनावबाट शान्त र संयमताका साथै लोकतान्त्रिक प्रक्रियाको महत्वमा फर्कने विज्ञप्तिमा उल्लेख छ ।

    मन्त्रालयले बंगलादेशी नागरिक संक्रमणको सुनिश्चित गरी सहज रुपमा शान्ति र स्थिरतातर्फ अग्रसरका लागि सक्षम हुने विश्वाससमेत व्यक्त गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij