चालक दलको कमजोरीका कारण हेलिकप्टर दुर्घटना भएको प्राधिकरणको आरोप

चालक दलको कमजोरीका कारण हेलिकप्टर दुर्घटना भएको प्राधिकरणको आरोप

बिहिवार, श्रावण २४ २०८१
बिहिवार, श्रावण २४ २०८१
  • चालक दलको कमजोरीका कारण हेलिकप्टर दुर्घटना भएको प्राधिकरणको आरोप

    काठमाडौं । नेपाल नागरिक उड्‍डयन प्राधिकरणले बुधबार नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टरबारे चालकदलको कमजोरी भएको बताएको छ । प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले बिहीबार अन्तर्राष्‍ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा दुर्घटनाबारे जानकारी दिँदै यस्तो बताएका हुन् । 

    सरकारले छानबिन समिति गठन गरिसकेकाले विस्तृत विवरण पछि आउने र आज बिहान भएको अनुगमनपछि चालकदलको कमजोरीका कारण नै दुर्घटना भएको देखिएको उनको भनाइ छ । 

    बुधबार भएको डाइनेस्‍टी एअरको हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो । आज बिहान पर्यटनमन्त्री बद्री पाण्डेसँगै महानिर्देशक, सचिवलगायतले दुर्घटनास्थल पुगेर निरीक्षण गरेका थिए । 

    त्यसपछि बैठकमा बोल्दै महानिर्देशक अधिकारीले सिभिल एभिएशनको भिजियोल फ्लाइट रुटले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा दुर्घटना भएको उनको भनाइ छ । 

    टावरबाट सम्पर्क विच्छेद हुनेबित्तिकै प्रोसिजरअनुसार खोजी कार्य सुरु गरिको उनले बताए । भीएफआरको उल्लं‌घन गरेकै कारण दुर्घटना भएको देखिएको उनले दाबी गरे । 

    उनले भने, ‘आज बिहान हामीले माननीय मन्त्रीज्यु, सचिवज्यु, हामी गएर साईट पनि हेर्‍यौं । यसको रुट कज चाहीँ सरसर्ती हेर्दाखेरी यद्यपि यो छानबिन आयोगले नै बताउला । ब्याड वेदरमा यो प्रवेश गरेको कारण, बादलभित्र प्रवेश गरेको कारण र ऊ फर्कने क्रममा लेफ्ट टर्न गर्दाखेरी ठोक्किएको देखिन्छ । यो चाहीँ पाईलोटिङ कमाण्डले हाम्रो सिभिल एभिएशनको भिजियोल फ्लाईट रुट अनुसार नगएर यसरी बादल भित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिवन्धित हो । यो कानूनले वर्जित गरेको विषय हो । यो रुटकज भनेको चाँही भीएफआरको उल्लंघन गरेका कारण दुर्घटना भएको देखिन्छ हाम्रो अनुसन्धानमा। यसको डिटेल इन्भेष्टिगेशनत सरकारले गठन गरेको आयोगले नै बताउला । ’

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij