पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन

पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन

बिहिवार, श्रावण २४ २०८१
बिहिवार, श्रावण २४ २०८१
  • पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन

    काठमाडौं । भारतीय कम्युनिस्ट नेता एवं पश्चिम बंगालका पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन भएको छ । कोलकातास्थित आफ्नै निवासमा भट्टाचार्यको बिहीबार बिहान निधन भएको हो । उनी ८० वर्षका थिए ।

    उनी सन् २००० देखि २०११ सम्म लगातार ११ वर्ष मुख्यमन्त्री बनेका थिए । केही दिनदेखि उनी गम्भीर विरामी परेका थिए । उनको कलकत्तास्थित घरमै निधन भएको हो ।

     सन् १९७७ देखि २००० सम्म ज्योती बसु नेतृत्वमा भारतीय कम्युनिष्ट पार्टी (मार्कस्वादी) नेतृत्वको सरकार थियो । त्यसपछि २००० देखि २०११ सम्म भट्टाचार्य मुख्यमन्त्री बनेका थिए । सन् २०११ मा तृणमुल कांग्रेसले कम्युनिष्ट पार्टीलाई सत्ताबाट हटाएको थियो ।

    उनलाई भारत सरकारले सन् २०२२ मा प्रतिष्ठित पद्म भूषण सम्मान दिने निर्णय गरेको थियो । तर उनले त्यो सम्मान लिन अस्वीकार गरेका थिए । पछिल्लो समय भने उनी सार्वजनिक कार्यक्रमबाट टाढै रहँदै आएका थिए ।

    भट्टाचार्यका श्रीमती मीरा र छोरी सुचेतना रहेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij