त्रिविले खुलायो स्नातक तह प्रथम वर्षको भर्ना, नतिजा अर्को बर्ष असोजमा प्रकाशित हुने

त्रिविले खुलायो स्नातक तह प्रथम वर्षको भर्ना, नतिजा अर्को बर्ष असोजमा प्रकाशित हुने

बिहिवार, श्रावण २४ २०८१
बिहिवार, श्रावण २४ २०८१
  • त्रिविले खुलायो स्नातक तह प्रथम वर्षको भर्ना, नतिजा अर्को बर्ष असोजमा प्रकाशित हुने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह पहिलो वर्षमा भर्ना खुलाएको छ । शैक्षिक वर्ष २०८१/०८२ का लागि मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षाशास्त्र सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा भर्ना खुलेको हो ।

    त्रिविको शिक्षाध्यक्ष कार्यालयकाअनुसार स्नातक तह पहिलो वर्षका लागि साउन २८ गतेदेखि भदौ मसान्तसम्म आवेदन फाराम बुझाउन सकिन्छ । असोजदेखि कक्षा सञ्चालन हुनेछ भने आउँदो वैशाखमा परीक्षा फाराम बुझाउनु पर्नेछ । जेठमा कक्षा समाप्त भएर असारमा अन्तिम परीक्षा हुने त्रिविले जनाएको छ ।

    परीक्षा सकिएको तीन महिना अर्थात् असोजमा नतिजा प्रकाशन हुने पनि त्रिविले निकालेको सूचनामा उल्लेख छ । विद्यार्थीले प्रवेश चाहेको हरेक सङ्काय, अध्ययन संस्थान र विषयअनुसार क्याम्पसमा बेग्लाबेग्लै आवेदन फाराम बुझाउनु पर्ने शिक्षाध्यक्षको कार्यालयले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij