भारत सरकारको ४ करोड २६ लाख आर्थिक सहयोगमा बन्यो धुलिखेल अस्पतालको वार्ड भवन

भारत सरकारको ४ करोड २६ लाख आर्थिक सहयोगमा बन्यो धुलिखेल अस्पतालको वार्ड भवन

बिहिवार, श्रावण २४ २०८१
बिहिवार, श्रावण २४ २०८१
  • भारत सरकारको ४ करोड २६ लाख आर्थिक सहयोगमा बन्यो धुलिखेल अस्पतालको वार्ड भवन

    काठमाडौं । भारत सरकारको ४ करोड २६ लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको धुलिखेल अस्पतालको वार्ड भवन उद्घाटन गरिएको छ । बुधबार काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले उक्त भवनको उद्घाटन गरेका हुन्।

    उक्त कार्यक्रममा धुलिखेल नगरपालिकाका मेयर, राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, अस्पताल व्यवस्थापनका प्रतिनिधि तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो । 

    ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोग अस्पताललाई आवश्यक वार्ड भवनको निर्माण गरिएको जनाइएको छ। भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको दूतावासले जनाएको छ । 

    परयोजनाको कार्यान्वयन धुलिखेल नगरपालिकामार्फत गरिएको थियो । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एउटा महत्वपूर्ण उदाहरण भएको दूतावासको भनाइ छ । 

    कार्यक्रममा बोल्दै धुलिखेल नगरपालिकाका मेयर, राजनीतिक प्रतिनिधि, धुलिखेल अस्पतालका कार्यकारी निर्देशक तथा प्रशासनिक निर्देशकले नेपालका जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुऱ्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे । 

    सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । जसमध्ये ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यी मध्ये काभ्रेका ७  वटा परियोजनासहित बागमती प्रदेशको विभिन्न क्षेत्रमा १०६ वटा परियोजनाहरु रहेको दूतावासले जनाएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij