फारम भरेका ३२ हजार विद्यार्थीले दिएनन् एसईईको पहिलो दिनको पूरक परीक्षा

फारम भरेका ३२ हजार विद्यार्थीले दिएनन् एसईईको पहिलो दिनको पूरक परीक्षा

बिहिवार, श्रावण २४ २०८१
बिहिवार, श्रावण २४ २०८१
  • फारम भरेका ३२ हजार विद्यार्थीले दिएनन् एसईईको पहिलो दिनको पूरक परीक्षा

    काठमाडौं । फाराम भरेका ३२ हजार विद्यार्थीहरू एसईईको पूरक परीक्षामा अनुपस्थित भएका छन् । परीक्षाकाे पहिलो दिन हिजाे अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षामा ३२ हजारजना अनुपस्थित भएकाे राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे छ । 

    बोर्डका अनुसार एसइई परीक्षामा अनुत्तीर्णको संख्या दुई लाख ४२ हजार भए पनि दुई लाख १० हजार मात्रै परीक्षामा सहभागी भएका हुन् । 

    यसपटकबाट नियमित परीक्षाको नतिजामा एनजी अर्थात् फेल भएका र त्यतिखेर अनुपस्थित विद्यार्थीले पूरक परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । य​सअघि अधिकतम दुई विषयमा मात्रै एनजी आएका परीक्षार्थीलाई मात्रै यस्तो परीक्षामा बस्न दिने व्यवस्था भएकोमा तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको जोडबलमा अनुत्तीर्ण सबैका लागि मौका परीक्षाको व्यवस्था गरिएको हो ।

    परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले विद्यार्थीहरू फेरी एक वर्ष पूरै अध्ययन गरेर राम्रो जीपीए ल्याउने भनेर मौका परीक्षा नदिएको वा एक महिना पढेर पास नहुने ठानेर निरास भई परीक्षा फारम नभरेको हुनसक्ने अनुमान गरेको छ। २०८० चैत १५ मा शुरु भएको एसइई परीक्षामा पनि परीक्षा फाराम भरेका ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित भएका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij