विमानस्थलबाट छ किलो कोकिनसहित एक जना पक्राउ

विमानस्थलबाट छ किलो कोकिनसहित एक जना पक्राउ

बुधवार, श्रावण २३ २०८१
बुधवार, श्रावण २३ २०८१
  • विमानस्थलबाट छ किलो कोकिनसहित एक जना पक्राउ

    काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छ किलो कोकिनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा लात्भिया देश घर भएका ५१ वर्षीय इभार्स भाल्टर्स रहेका लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले राससलाई जानकारी दिए ।

    उनले भने, “दोहाबाट कतार एयरवेजमार्फत काठमाडौं आएका भाल्टर्सलाई हाम्रो टोलीले आज छ किलो कोकिनसहित पक्राउ गरेको हो, उक्त विषयमा अहिले थप अनुसन्धान कार्य भइरहेको छ ।”

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij