हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न ३ सदस्यीय आयोग गठन

हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न ३ सदस्यीय आयोग गठन

बुधवार, श्रावण २३ २०८१
बुधवार, श्रावण २३ २०८१
  • हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न ३ सदस्यीय आयोग गठन

    काठमाडौं । सरकारले हेलिकप्टर दुर्घटनाको छानबिन गर्न जाँच आयोग बनाएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग बनाएको हो ।

    आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् । आयोगलाई काम सुरु गरेको मितिले ३० दिन हुने सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    मंगलबार दिउँसो नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij