ललितपुरका सर्वेक्षक यादवसहित ३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

ललितपुरका सर्वेक्षक यादवसहित ३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

बुधवार, श्रावण २३ २०८१
बुधवार, श्रावण २३ २०८१
  • ललितपुरका सर्वेक्षक यादवसहित ३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय, ललितपुरका सर्वेक्षक सञ्जीवकुमार यादवसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अख्तियारले सर्वेक्षक यादव, भूमि सुधार तथा मालपोत कार्यालय, ललितपुरका खरिदार मोतिराम सुवेदी र लेखापढी व्यवसायी रामबाबु भुजेलविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूमाथि जग्गा हालसाविक गरिदिने भनी ४ लाख रूपैयाँ घूस लिएको आरोप छ ।

    यादव र भुजेललाई अख्तियारले चार लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij