नुवाकोट हेलिकप्टर दुर्घटना अपडेट : पाँच जनाको मृत्यु

नुवाकोट हेलिकप्टर दुर्घटना अपडेट : पाँच जनाको मृत्यु

बुधवार, श्रावण २३ २०८१
बुधवार, श्रावण २३ २०८१
  • नुवाकोट हेलिकप्टर दुर्घटना अपडेट : पाँच जनाको मृत्यु
    काठमाडौँ  । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।  
     
    नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका–७  शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको हो । “घटनास्थलमा केही सुरक्षाकर्मी र स्थानीयवासी पुगेका छन् । उनीहरुले हेलिकप्टरमा लागेको आगो निभाइरहेका छन्”, उनले भने । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको उनको भनाइ छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij