पहिरो पन्छाएपछि खुल्यो बेंसीसहर–डुम्रे सडक र बेंसीसहर–चामे सडक

पहिरो पन्छाएपछि खुल्यो बेंसीसहर–डुम्रे सडक र बेंसीसहर–चामे सडक

आइतवार, श्रावण १३ २०८१
आइतवार, श्रावण १३ २०८१
  • पहिरो पन्छाएपछि खुल्यो बेंसीसहर–डुम्रे सडक र बेंसीसहर–चामे सडक

    काठमाडौं । बाढीपहिरोका कारण आइतबार बिहानैदेखि अवरुद्ध डुम्रे–बेंसीसहर सडक र बेंसीसहर–चामे सडक खुलेको छ । 

    डुम्रेतर्फ बेंसीसहर नगरपालिका १, उदिपुर बजार, अँधेरीखोला र नेपाली सेनाको गेट अगाडि दलालक्षेत्रमा पहिरो खसेको थियो । सबै ठाउँमा खसेको पहिरो हटाएको र सवारी आगमन भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएकाे छ । बेंसीसहर–पोखरा सडकअन्तर्गत मध्यपहाडी लोकमार्गमा पर्ने सुन्दरबजार नगरपालिका ५, तार्कुखहरेमा बाढीले सडक बगाएकोमा मर्मत गरिएको र सवारी सञ्चालन भएको छ ।

    बेंसीसहर–चामेतर्फ बेंसीसहर नगरपालिका ६, उत्तीसघारी खरखरेमा पहिरो जाँदा आइतबार बिहानैदेखि अवरुद्ध सडक खुलाइएको छ । यस्तै, मर्स्याङ्दी गाउँपालिका ४ हावाडाँडा क्षेत्रमा खसेको पहिरो हटाएसँगै सवारी चलेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij