काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारीलाई नियुक्त गरेको छ । विहीवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हाे ।
त्यसैगरी सरकारले योजना आयोगका सदस्यमा महोत्तरीकी डा आरती विसार, धनुषाका डा रमेशप्रसाद सिंह, अर्घाखाँचीका डा प्रकाश श्रेष्ठ, झापाकी गीता कुमारी पौडेल अधिकारी, अर्घाखाँचीकै डा जय बहादुर टण्डन र दार्चुलाका गंगादत्त वस्तीलाई राष्ट्रिय योजना आयोगको सदस्यहरुमा नियुक्त गरिएको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।