अरनिको अस्पतालमा कार्यरत डाक्टर मृत फेला

अरनिको अस्पतालमा कार्यरत डाक्टर मृत फेला

बिहिवार, श्रावण १० २०८१
बिहिवार, श्रावण १० २०८१
  • अरनिको अस्पतालमा कार्यरत डाक्टर मृत फेला

    काठमाडौं । मोरङको उर्लाबारीमा एक जना डाक्टर मृत फेला परेका छन् । उर्लाबारीमा रहेको अरनिको हस्पिटलमा कार्यरत ३३ वर्षीय डा। मनिषकुमार यादव डेरामै मृत फेला परेका हुन्।


    रेडियोलोजिस्ट यादव बिहीबार बिहान कोठामा मृत भेटिएका प्रहरीले जनाएको छ । चिकित्सक यादव हस्पिटलकै पछाडि स्थानीय सरिता धिमालको घरमा डेरामा बस्दै आएका थिए। उनी धनुषाको औरही गाउँपालिका–१ पुरनदहियाका बासिन्दा हुन्। 

    यादव डेढ वर्षयता अरनिको अस्पताल उर्लाबारीमा रेडियोलोजिस्टका रूपमा कार्यरत थिए। उनको कोठाभित्र मानसिक रोग सम्बन्धी औषधि भेटिएको प्रहरीले जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij