बंगलादेशबाट स्वदेश फर्किए १३ सय नेपाली विद्यार्थी

बंगलादेशबाट स्वदेश फर्किए १३ सय नेपाली विद्यार्थी

मंगलवार, श्रावण ८ २०८१
मंगलवार, श्रावण ८ २०८१
  • बंगलादेशबाट स्वदेश फर्किए १३ सय नेपाली विद्यार्थी

    काठमाडौं । बंगलादेशबाट सोमबारसम्म १३ सय नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सोमबार मात्र १२६ जना विद्यार्थी स्वदेश फर्किएका छन् । त्यसमध्ये ११४ जना विद्यार्थीहरु बंगलादेश, भारत हुँदै काँकडभिट्टा नाकाबाट नेपाल फर्किएका छन् ।

    बंगलादेशमा केही दिनयता आरक्षण कोटाविरुद्धको आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी छ । सो आन्दोलनका क्रममा १ सय जनाभन्दा बढीको ज्यान गएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij