न्युरोडको फुटपाथ विस्तारबारे अध्ययन गर्न महानगरले बनायो समिति

न्युरोडको फुटपाथ विस्तारबारे अध्ययन गर्न महानगरले बनायो समिति

सोमवार, श्रावण ७ २०८१
सोमवार, श्रावण ७ २०८१
  • न्युरोडको फुटपाथ विस्तारबारे अध्ययन गर्न महानगरले बनायो समिति

    काठमाडौं । काठमाडौं महानगरपालिकाको फुटपाथ विस्तारको विवाद समाधान गर्न एक अध्ययन समिति बनाउने सहमति भएको छ।

    काठमाडौं वडा नम्बर २२ र २३ का वडाध्यक्ष र प्रवक्ता नवीन मानन्धरसहित मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलबीच सोमबार भएको छलफलमा उक्त सहमति भएको महानगरले जानकारी दिएको छ।

    अध्ययन समितिका काठमाडौं महानगर पूर्वाधार आयोजनाका उपाध्यक्ष संयोजक रहने र उनीसहितको समितिले वडा नम्बर २४ लगायतका कामका आधारमा मंसिर २ मा प्रतिवेदन बुझाउने सहमति पनि बैठकका क्रममा भएको छ। यो सहमतिसँगै वडा २२ र २३ को फुटपाथ विस्तारको काम मंसिर २ गतेसम्मका लागि धकेलिएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij