सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम ठप्प

सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम ठप्प

सोमवार, श्रावण ७ २०८१
सोमवार, श्रावण ७ २०८१
  • सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम ठप्प

    काठमाडौं । सरकारी सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम ठप्प भएको छ । आज बिहानैदेखि सर्भरमा समस्या आएकाले सेवाग्राही समस्यामा छन् ।

    देशभरका यातायात कार्यालयको काम प्रभावित भएको छ । सेवाग्राही लामो लाइनमा उभिइरहेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका देशभरिका यातायात कार्यालय कामकारबाही प्रभावित भएको छ ।

    यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले भने, ‘‘सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम प्रभावित भएको हो । सर्भर सिस्टममा ल्याउने काम भइरहेको छ ।’’

    प्राविधिक टोलीले समस्या समाधान गर्ने प्रयास गरिरहेको उनले बताए । सर्भर डाउन भएर काम नहुँदा सेवाग्राहीहरु समस्यामा परेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij