ललितपुर महानगरले पुरानो डेनिस दमकल मर्मतपछि सञ्चालनमा ल्यायो

ललितपुर महानगरले पुरानो डेनिस दमकल मर्मतपछि सञ्चालनमा ल्यायो

आइतवार, श्रावण ६ २०८१
आइतवार, श्रावण ६ २०८१
  • ललितपुर महानगरले पुरानो डेनिस दमकल मर्मतपछि सञ्चालनमा ल्यायो

    पाटन । ललितपुर महानगरपालिकाले एक सय छ वर्ष पुरानो डेनिस दमकल (जुद्ध बारुण यन्त्र) आजबाट सञ्चालनमा ल्याइएको छ । महानगर क्षेत्रमा हुनसक्ने आगलागीको सम्भावित जोखिममा परिचालन गर्नका लागि महानगरपालिकाले एक सय छ वर्ष पुरानो डेनिस दमकल मर्मत गरेर सञ्चालनमा ल्याएको हो ।

    ललितपुरका मेयर चिरीबाबु महर्जनले विगत ४२ वर्षदेखि यसको पार्टस नपाएको कारणले थन्काएर राखेको अवस्था रहेकोमा अहिले अमेरिकाबाट पार्टहरु मगाएर मर्मत गरी सञ्चालनमा ल्याएको जानकारी दिए। 

    “विगत ४२ वर्षदेखि यसको पार्टस नपाएको कारणले दमकल चलेको थिएन । थन्क्याएर राखेको थियो । ७३–७४ सालमा दमकल लिलामीमा राखियो । त्यो सूचना पाउने साथ झिक्यौँ । अमेरिकामा यसको पार्टस भेटियो र अहिले सञ्चालमा ल्याइएको छ”, प्रमुख महर्जनले भने । पुरानो ऐतिहासिक दमकलको चक्काहरु कहिले पनि पञ्चड नहुने र सिसाहरु पनि नफुट्ने प्रमुख विशेषता रहेको उनले जानकारी गराए । 

    डेनिस फायर इन्जिनलाई दक्ष मेकानिक्स मध्येका एक मोहनप्रसाद नकर्मीले सफलतापूर्वक मर्मत गरेका  हुन्।  उनले यसलाई १० महिना लगाए मर्मत गर्नुभएको जानकारी गराइएको छ । ललितपुर महानगरपालिकाका १०६ बर्ष पुरानो दमकललाई मर्मतपछि सञ्चालनमा आएको दमकललाई तीन सय लिटर पानी भरेर आजबाट उपत्यकाको तीनवटै जिल्लाका सहर घुमाइएको महानगरप्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी गराए।

    यो दमकल बेलायतले उपहार दिएकामध्येकै हो । त्यतिबेला बेलायतले तीन वटा दमकल नेपाललाई दिएको थियो । डेनिस कम्पनीको सो दमकल अब नियमित प्रयोगमा आउने छ । योसँगै महानगरमा दमकलको सङ्ख्या सात पुगेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij