गुल्मीमा निस्ति खोलाले बगाएर एक जना बेपत्ता

गुल्मीमा निस्ति खोलाले बगाएर एक जना बेपत्ता

आइतवार, श्रावण ६ २०८१
आइतवार, श्रावण ६ २०८१
  • गुल्मीमा निस्ति खोलाले बगाएर एक जना बेपत्ता

    काठमाडौं । गुल्मीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर- २ निवासी ३१ वर्षका बोमबहादुर कार्की निस्ति खोला तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ ।

    कार्की शनिबार बेलुकी इस्मा गाउँपालिका १ निस्ति खेतबाट फर्किएर निस्ति खोला तर्ने क्रममा बेपत्ता भएका थिए । मुसिकोट नगरपालिका वडानम्बर -१ अरेवा घर भई हाल वडानम्बर-२ निस्ति मामाघरमा बस्दै आएका थिए ।

    उनी ख वर्गका फरक क्षमताका रहेको प्रहरीले जनाएको छ । शनिबार बेपत्ता बेलुकी बेपत्ता भएपनि आज बिहान प्रहरीलाई जानकारी प्राप्त भएको थियो । उनको प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij