काठमाडौं आउँदै गरेको मलेशिया एयरलाइन्सको विमान याङ्गुनमा आपतकालिन अवतरण

काठमाडौं आउँदै गरेको मलेशिया एयरलाइन्सको विमान याङ्गुनमा आपतकालिन अवतरण

आइतवार, श्रावण ६ २०८१
आइतवार, श्रावण ६ २०८१
  • काठमाडौं आउँदै गरेको मलेशिया एयरलाइन्सको विमान याङ्गुनमा आपतकालिन अवतरण

    काठमाडौं । मलेशियाको क्वालालाम्पुरबाट काठमाडौं आइरहेको मलेशिया एअरलाइन्सको एम.एच. ११४ विमानले म्यानमारको याङ्गुन विमानस्थलमा आपतकालिन अबतरण गरेको छ ।

    याङ्गुनमा अबतरण गर्नुअघि आपतकालीन घोषणा गरेको भए पनि कारण भने नखुलेको मलेशियाको संचारमाध्ययम मलायमेल डक कमले जनाएको छ ।

    विमान क्वालाम्पुर विमानस्थलबाट स्थानीय समय अनुसार राती आठ बजेर ४९ मिनेटका उडेको थियो । बोइङ ७३७–८०० नम्बरको त्यो विमान मलेशिया एअरलाइन्सले सन् २०१४ देखि प्रयोग गर्दै आएको थियो ।

    मलेशिया एअरलाइन्सले यस बारेमा थप विवरण उपलब्ध नगराएको पनि मलायमेल डट कमले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij